‘घट्दो जनसङ्ख्याको समस्या कम गर्न मतदान गर्ने उमेर शून्य झार्नुपर्छ’
टोकियो । जनसङ्ख्यामा निरन्तरको कमी यतिबेला जापानको टाउको दुखाइको विषय बनेको छ । जनसङ्ख्या यही गतिमा घट्दै जाने हो भने जापानको अस्तित्व नै मेटिने चेतावनी र चिन्ता पनि आइरहेका छन् ।
त्यहाँको ४० प्रतिशत स्थानीय सरकार केही दशकभित्रै लोप हुने खतरा रहेको हालै भएको एउटा अध्ययनले देखाएको छ । अर्को अध्ययनले भने सन् २५३१ सम्ममा सबै जापानीको थर सातो हुने बताएको थियो । जन्मदर बढाउन अहिले सरकारले शिशु स्याहार भत्ता बढ्ने देखि नगद वितरणसम्मका अनेक उपायहरू अपनाइरहेको छ । तर यी उपायहरूले खासै काम गरेका छैनन् ।
यसैबिच ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले जनसङ्ख्यामा आइरहेको कमीमा अंकुश लगाउन सबै उमेर समूहलाई मताधिकार दिनु पर्ने बताएका छन् । उनले मताधिकारको उमेर हद झारेर शून्यमा ल्याउनु पर्ने सुझाव दिएका थिए । हालैका वर्षमा हङ्गेरीका पल डेमेनीले यो अवधारणा चर्चित बनाएका थिए । परम्परागत रूपमा मताधिकार उमेर नभएका बालबालिकाहरूले पनि मतदान गर्न सक्ने भएपछि अभिभावकसँग अतिरिक्त मत हुन्छ भन्ने यसको मुख्य अवधारणा हो । यस्तो गर्न दिइएमा जापानीहरूले सन्तान उत्पादन बढाउने हिरोफुमीको भनाई छ । उनको यो अभिव्यक्तिको अनलाइनमा व्यापक आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण