मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

‘घट्दो जनसङ्ख्याको समस्या कम गर्न मतदान गर्ने उमेर शून्य झार्नुपर्छ’

मङ्गलबार, १८ वैशाख २०८१, १५ : २२
मङ्गलबार, १८ वैशाख २०८१

टोकियो । जनसङ्ख्यामा निरन्तरको कमी यतिबेला जापानको टाउको दुखाइको विषय बनेको छ । जनसङ्ख्या यही गतिमा घट्दै जाने हो भने जापानको अस्तित्व नै मेटिने चेतावनी र चिन्ता पनि आइरहेका छन् । 

त्यहाँको ४० प्रतिशत स्थानीय सरकार केही दशकभित्रै लोप हुने खतरा रहेको हालै भएको एउटा अध्ययनले देखाएको छ । अर्को अध्ययनले भने सन् २५३१ सम्ममा सबै जापानीको थर सातो हुने बताएको थियो । जन्मदर बढाउन अहिले सरकारले शिशु स्याहार भत्ता बढ्ने देखि नगद वितरणसम्मका अनेक उपायहरू अपनाइरहेको छ । तर यी उपायहरूले खासै काम गरेका छैनन् ।

यसैबिच ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले जनसङ्ख्यामा आइरहेको कमीमा अंकुश लगाउन सबै उमेर समूहलाई मताधिकार दिनु पर्ने बताएका छन् । उनले मताधिकारको उमेर हद झारेर शून्यमा ल्याउनु पर्ने सुझाव दिएका थिए । हालैका वर्षमा हङ्गेरीका पल डेमेनीले यो अवधारणा चर्चित बनाएका थिए । परम्परागत रूपमा मताधिकार उमेर नभएका बालबालिकाहरूले पनि मतदान गर्न सक्ने भएपछि अभिभावकसँग अतिरिक्त मत हुन्छ भन्ने यसको मुख्य अवधारणा हो । यस्तो गर्न दिइएमा जापानीहरूले सन्तान उत्पादन बढाउने हिरोफुमीको भनाई छ । उनको यो अभिव्यक्तिको अनलाइनमा व्यापक आलोचना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप