ओखलढुंगामा १५ भारतीय नागरिकमा कोरोना भेटियो
बिहीबार, ०१ साउन २०७७, १७ : २६
-रामहरि श्रेष्ठ
सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काममा खटिएका १५ जना भारतीय नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएकोे छ ।
जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना भारतीय नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यलय ओखलढुंगामा प्रमुख सुमन तिवारीले जानकारी दिए ।
केही दिनअघि उनीहरु सहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा भारतीय नागरिकहरुमा मात्रै संक्रमण पुष्टि भएको तिवारीको भनाइ छ । उनीहरु सबैलाई आज नै कारोना अस्थायी अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण