राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् ।
- उनले राप्रपाले भोट लिने, सांसद बन्ने र सत्ताको भत्ता खाने काम मात्रै गर्ने बताए ।
- प्रसाईंले आफू सत्य बोल्न नडराउने र राजसंस्था फर्केको दिन खप्तड जाने बताए ।
काठमाडौँ । नयाँ पार्टी गठन गर्न लागेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।
‘राप्रपा पार्टी भनेको राजा र धर्म साट्ने, भोट लिने सांसद बन्ने, भत्ता सत्ता खाने गाडी चढ्ने मात्र हो’, प्रसाईंले भने, ‘विकास र जनतासँग के मतलब, तर हामीलाई त्यसो गर्नु छैन ।’
उनले सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै आफू सत्य बोल्न नडराउने समेत बताए ।
ढाँट्न नआउने व्यक्तिका रूपमा आफूलाई परिचित गराउँदै प्रसाईंले अगाडि भने,‘‘बरु जुन दिन राजसंस्था फर्किन्छ, त्यो दिन पहेँलो लुगा लगाए खप्तड गएर बसौँला’।
वर्तमान बालेन शाह नेतृत्वको सरकार र रास्वपा पनि धेरै नटिक्ने भन्दै प्रसाईंले कांग्रेस, एमाले, माओवादी र राप्रपा अब उठ्न नसक्ने समेत बताए।
उनले राजेन्द्र लिङ्देन आइआरआईको सदस्य भएको आरोप लगाउँदै देशका धेरै नेताहरू गद्दार रहेको टिप्पणी समेत गरे।
‘आमा, छोरी र देश बेच्नेहरू अपराधी हुन् । सुस्तामा जनताले सीमा रक्षा गर्नुपरेको छ’, प्रसाईंले भने, ‘प्रधानमन्त्रीले त्यस्तो कुरा बोल्छन् ? अनि दरबारको फाइल खोल्छु भनेर हिँडेका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण