आन्तरिक रणनीति बनाउन खुमलटार र बालुवाटारमा छुट्टाछुट्टै छलफल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद थप जटिल बन्दै गएको छ । अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा पनि नेताहरुले पुरानै अडान राखेर सहमति नहुँदा विवाद जटिलतातर्फ धकेलिएको हो ।
बिहीबार दिउँसो बालुवाटारमा तीन नेताबीच भएको वार्ता सकारात्मक नभएपछि बालुवाटार र खुमलटारमा नेताहरु आफु निकटका नेताहरुसँग आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन् । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु र ओली पक्षका नेताहरु बालुवाटारमा छलफलमा जुटेका हुन् ।
बालुवाटारमा ओलीसहित महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ लगायत सहभागी छन् । त्यसैगरी खुमलटारमा बरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शक्य, भीम रावल, जनार्दन शर्मा लगायतका नेताहरुबीच छलफल भएको हो ।
यसअघि एक्लाएक्लै वार्ता गरेका ओली प्रचण्डले बिहीबार वरिष्ठ नेता नेपाललाई पनि वार्तामा सहभागी गराएका थिए । त्रिपक्षीय वार्तामा समेत नेताहरुले आआफ्नै अडान दोहोर्याएका थिए । यद्यपि यसअघि नै तय भएको शुक्रबारको स्थायी कमिटी बैठक भने नरोक्ने सहमति भएको छ ।
बिहीबार पनि प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए भने ओलीले आफु राजीनामा नगर्ने बरु स्थायी समिति बैठक फेस गर्ने बताएका थिए ।
प्रचण्डसहितका नेताहरु ओलीलाई प्रधानमन्त्री या अध्यक्षमध्ये एकबाट राजीनामा गराउने अडानमा छन् । यसमा खासगरी नेपाल समूहले एउटा पद छाड्नै पर्ने अडान लिएको छ । उता दाहाल समूहले पार्टी एकताका क्रममा सरकार र पार्टी सञ्चालनका लागि भएको आलोपालोको सहमति कार्यान्वयन हुनै पर्ने अडान राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण