भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
काठमाडौँ । सरकारले मूल्य अभिवृद्धि करमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज गरेको छ । अर्थ मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो करकट्टी खारेज गर्ने व्यवस्था गरेको हो।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रकाशन गरेको सूचनामा मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीको नियम ६ (ग) र अनुसूची ९ खारेज गर्दै यस्तो व्यवस्था गरिएको उल्लेख छ।
कुनै पनि सरकारी निकायमा सम्बन्धित परामर्शदाता, आपूर्तिकर्ता वा निर्माण व्यवसायीले बिल पेस गर्दा लागत अङ्कमा भ्याट जोडेर पेस गर्थे । बिलमा उल्लेखित भ्याट रकम तिर्ने दायित्व सम्बन्धित व्यवसायीकै हुने हो।
तर, यसअघि भने यसरी भ्याटबापत उल्लेख गरिएको रकमको ३० प्रतिशत रकम कटाएर मात्रै सरकारी निकायले भुक्तानी गर्दै आएका थिए । त्यस्तो, भुक्तानी सम्बन्धित सरकारी संस्थाले नै उक्त कम्पनीको स्थायी लेखा नम्बरमा जम्मा गरिदिने गरेका थिए ।
तर, यसो गर्दा कम्पनीहरूले भ्याट फिर्ता लिन समस्या हुने गरेको व्यवसायीहरूको गुनासो रहँदै आएको थियो।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डे ३० प्रतिशत अग्रीम भ्याट कट्टा गर्दा पछि फिर्ता पाउनुपर्ने हकमा कार्यालयले दिन गाह्रो मान्ने गरेको बताउँछन् । यो व्यवस्थासँगै सबै भुक्तानी खातामै आउने भएकोले यस्तो समस्या समाधान हुने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान
-
लुम्बिनीमा बजेट पारित गर्ने वातावरण बनाउने प्रयास, कमजोरी सच्याएर अघि बढ्न सत्ता पक्ष सकारात्मक
-
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन
-
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
-
‘असारे विकास’को चटारोः पहिलो १५ दिनमै साढे ६७ अर्ब बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण