नेकपा स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित
शुक्रबार, ०२ साउन २०७७, १२ : ५६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आज ११ बजेका लागि बोलाएर दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक फेरि साउन ४ अर्थात आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।
नेकपाभित्रको विवाद कायमै रहेको र सहमतिका लागि थप समय आवश्यक भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । नेकपाका अधिकांश् स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।
आजै ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । उनीहरुबीच केन्द्रीय समिति बैठक कहिले बोलाउने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण