खोटाङका दुई हजार ३८८ घरमा जस्तापाता लगाइने
नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत यस वर्ष खोटाङका दुई हजार ३८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३८८ वटा घरमा लगाइएको खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाइने भएको हो ।
शहरी विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८, हलेसी तुवाचुङ नगरपालिकाका ३४३, ऐंसेलुखर्क गाउँपालिकाका २३१, रावाबेँसी गाउँपालिकाका २०६, जन्तेढुङ्गा गाउँपालिकाका २२०, खोटेहाङ गाउँपालिकाका २८०, केपिलासगढी गाउँपालिकाका २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २०३, बराहपोखरी गाउँपालिकाका १९६ र साकेला गाउँपालिकाका १५० घरधुरीमा जस्तापाता लगाइने भएको छ । जिल्लामा गत वर्षदेखि लागू भएको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २५ घरका लागि जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो ।
पन्ध्र वडा रहेको सो नगरपालिकामा नगरपालिकाको तर्फबाट २० घर थप गरेर ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि रकम प्रदान गरिएको छ । दुई वर्षभित्र खरको छानामुक्त बनाउने थालेको नगरपालिकामा करिब ९०० घर गरिब परिवार रहेको नगरप्रमुख दीपनारायण रिजालले बताए । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सरकारले तीन वर्षभित्र देशभर खरको छानामुक्त गर्ने लक्ष्य लिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा ४२ हजार घरधुरी स्थानीय बासिन्दा बसोबास गर्दै आएका छन् । शहरी विकास मन्त्रालयमा उपलब्ध तथ्याङ्कअनुसार खोटाङमा २३ हजार खरको छाना भएको घर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण