मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

दुर्गेशको नयाँ गीत ‘बेसार... बाध्यताको दबाई के छ र !’

आइतबार, ०४ साउन २०७७, २० : २७
आइतबार, ०४ साउन २०७७

काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बेसार’ सार्वजनिक भएको छ । गीतमा समसामयिक बिषयलाई समेटिएको छ । पछिल्लो समय बजारमा यो गीत चर्चित छ । 

दुर्गेशले बिच्च बिच्चमा–३ ‘बेसार पानी’ गीतलाई इनाक्क्षी इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट बजारमा ल्याएका हुन् । सार्वजनिक भएको गीत युट्युबको ट्रेन्डिङमा ६ मा रहेको छ ।

गीतको पहिलो रहफ

कोरोनाले लग्यो हेर पल्लाघरे हरिलाई
मरेपछि रिपोर्ट आयो क्यार्नी बरिलै
बेसार...
बाध्यतको दबाई के छ र ! 
बेसार‘विवशताको दबाई के छ र ! 

दुई साता अगाडिमात्रै दुर्गेशको ‘बिच्च बिच्चमा–२’ सार्वजनिक भएको थियो । एउटा फोटो खिच गीतलाई दुर्गेशले तीज गीत भनेर ल्याए, तर अहिले आएको गीत पहिलाका दुई गीत भन्दा फरक छ ।

गीतमा संगीत पहिलेका दुई गीत जस्तै झ्याम झ्याम गर्ने ड्रम अनि गितारको मिश्रण छ । दुर्गेशको पहिलेकै टोली यो गीतमा नाचिरहेका छन् । भिडियोमा टीसर्ट र जिन्समा ठाँटिएका युवाको एक जमात एकै छिनमा सारी र ब्लाउजमा देखिन्छन् । 

'बेसार पानी' गीतलाई गायक बसन्त थापाले लेखेका हुन् भने संगीत पनि बसन्त थापाकै रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा दुर्गेश थापालगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । 

गीतमा वाइडबडी विमान अनि ३३ किलो सुनको कुरा उठाउँदै अपराधी बचाइएको र राष्ट्रघात गरिएको कुरा पनि उठाइएको छ । यस्तै छिमेकी देशको विस्तारवादको कुरालाई पनि समेटिएको छ । 

केहिसमय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानीले कोरोनाबाट बच्न मद्दत गर्छ भन्ने अभिव्यक्ति  दिएपछि बेसार पानीको खुब चर्चा चलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप