पीसीआर गरेपछि मात्रै घर पठाइने
सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने बताए ।
विदेशबाट आएका, कोरोना परीक्षणमा पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरू सबैको चिकित्सकको सल्लाह अनुसार पीसीआर परीक्षण हुनेछ ।
प्रवक्ता गौतमले हवाईमार्ग हुँदै स्वदेश आउनेलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाउने निर्णय भएको जानकारी दिए। स्थलमार्गबाट आउनेको पनि अनिवार्य रूपमा पीसीआर गरिनेछ ।
उनले सिंहदरबारभित्रका सफाइमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए । यसैबीच नेपालमा गत २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण