४–५ जनाले मात्रै नियन्त्रण गर्छन् फिल्मी उद्योगको व्यापारः गोबिन्दा
बलिउडमा इनसाइडर्स र आउटसाइडर्सको बहस भिन्न स्तरमा पुगेको छ । अलि पुराना नायकले पनि यो मुद्दामा आफ्नो धारणा व्यक्त गरिरहेका छन् । हालै कंगना रनौतको अन्तरवार्ता पछि पुरानी नायिका सिमी ग्रेवालले आफू कंगनाको हिम्मतले निकै प्रभावित भएको बताएकी थिइन् । अब गोबिन्दाले पनि यो मामिलामा आफ्नो धारणा व्यक्त गरेका छन् ।
९० को दशकमा उद्योगमा सुपरस्टारको दर्जा हासिल गर्ने गोबिन्दाले नेपोटिजम बारे बोल्दै भने, ‘मेरा पिता अरुण कुमार राजा र निर्मला देवी अभिनयमा थिए । तर यति हुँदा हुँदै पनि मैले बलिउडमा आफ्नो स्थान बनाउनका लागि कडा संघर्ष गर्नुपर्यो । मैले थुप्रै निर्मातालाई भेट्न घण्टौंसम्म प्रतिक्षा गर्नुपर्दथ्यो । ’
उनले बलिउडमा क्याम्प हुने र बलिउडलाई ४–५ जनाले मात्रै चलाइरहेको पनि बताए ।
छोरीसँग बलिउडको विषयमा धेरै कुरा गरिनँः गोबिन्दा
हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा गोबिन्दाले पहिलाको समयमा क्षमतावानले काम पाउने गरेको उल्लेख गरे । उनले भने, ‘हरेक फिल्मलाई थिएटर्सको जत्तिकै मौका दिइन्थ्यो । तर अब यस्तो छैन । अब ४–५ यस्ता व्यक्ति छन् जसले फिल्मको पूरा व्यापार चलाउँछन् । उनीहरुले नै आफूसँग नजिक नभएकाहरुको फिल्मलाई राम्रो तरिकाले रिलिज दिने नदिने भनेर निर्णय गर्छन् । मेरा केही राम्रा फिल्मले पनि राम्रो रिलिज पाएका थिएनन् । तर अब स्थिती निकै परिवर्तन भइरहेको छ ।’
आफ्नी छोरी टिना आहूजाको बलिउड लञ्चबारे कुरा गर्दै गोबिन्दाले आफूले छोरीसँग यसबारे खासै कुरा नगरेको जानकारी दिए । उनले भने, ‘मेरी छोरी आफ्नो बाटो आफैं खोज्ने कोसिस गरिरहेकी छिन् । जब उनको समय आउँछ तब उनी पक्कै पनि सफल हुनेछिन् । ’
गोबिन्दाका छोरा पनि बलिउडमा डेब्यू गर्ने खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण