हालसम्म १२ हजार ४७७ ले जिते कोरोना, ७ जिल्ला संक्रमणमुक्त
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको हो । अर्थात ६९.३४ प्रतिशत निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित पछिल्लो २४ घण्टामा थप १५० संक्रमित थपिएको मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनले हालसम्म संक्रमित रहनेको संख्या १७ हजार ९९४ रहेको पनि जानकारी दिए ।
१२ हजार ४७७ ले कोरोना जितेसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको पनि उनले जानकारी दिए ।
अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् । क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् । पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ ।
यस्तै हालसम्म ७ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको छ । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण