दुईवटा नदीको कटानले सिम्री गाँउनै जोखिममा
रौतहट । दुईवटा नदीको कटानले रौतहटको उत्तरीभेग गुुजरा नगरपालिका वडा–३ मा रहेको सिम्री गाँउनै जोखिममा परेको छ । पूर्वमा धन्सार खोला र पश्चिम लालबकैया नदीको तीव्र कटानले सिम्री गाँउ उच्च जोखममा परेको छ भने गाँउलेहरु त्रसित भएर रातभर जाग्राम बस्न बाध्य बनेका छन् ।
गत आइतबारदेखिको अविरल वर्षासँगै लालबकैया नदी र धन्सार खोलामा आइरहेको बाढीले सिम्री गाँउछेउको पचास बिगाहभन्दा बढी खेतीयोग्य जग्गा कटान गरिसकेको छ ।
स्थानीय ज्ञानबहादुर लामा, जयबहादुर माझी, सुनिल माझी, बिष्णु माझी, हिरामान माझी, कृष्ण माझीलगायत १८ जना किसानको धान र मकै लगाएको ५० बिगाहभन्दा बढी जग्गा कटान भइसकेको स्थानीय समाजसेवी रामबहादुुर लामा अन्तरेले जानकारी दिएका छन् ।
अविरल वर्षासँगै धन्सार खोला र लालबकैया नदीमा आइरहेको बाढीले सिम्रीगाँउको कछडिया टोल र लामा टोलका एकदर्जन बढी घरमा समेत क्षति पु-याइसकेको समाजसेवी लामाले जानकारी दिएका छन् ।

वस्तीको दुुवै तर्फ नदीको बहाव भएकाले कुन बेला कसको घर कटान गरेर बगाउँछ भने डरले गाँउलेहरु रातभरी सुत्न नसकेको स्थानीय विष्णुु माझीले दुुखेसो पोखे । दुई सय ८० घरधुरी रहेको सिम्री गाँउका गाँउलेहरु पछिल्लो एक महिनादेखि त्रासमा रहेका छन ।
प्रायः सबै परिवार ज्याला मजदुरी तथा धेरथोर खेती गरेर गुजारा चलाइरहेका सिम्रीबासीको एकैपटक ५० बिगहा जग्गा खोलाले कटान गर्नुका साथै केही जग्गामा बालुवाले पुरेकाले बाँच्ने आधारनै गुमेको अर्का समाजसेवी तथा नेकपाका एकजना नेता काजीमान माझीले बताए ।
वर्षायाममा बाढीकै कारण सिम्रीबासीको रौतहटसँग सम्बन्ध टुट्ने गर्दछ । लगातार ३ महिना बाराको निजगढ बजारबाट नै सबै किनमेल गर्नुु पर्ने वषको बाध्यता रहेको उनले जानकारी दिए ।
सिम्रीबासीको यत्रो ठूलो समस्या हुँदापनी राज्यस्तर बाट औपचारिक निरीक्षण गर्न समेत कोही नआएको नेता माझीले गुनासो गरेका छन् ।
उता, लालबकैया नदीको बाढीले तेजापाकड नजिक तीव्ररुपमा तटबन्ध कटान गरिरहेको छ । त्यसैगरी बागमतीको बाढीले बसतपुर र ब्रह्मपुरी गाँउ नजिक तटबन्ध कटान गरिरहेको छ ।
दुुबै स्थानको कटान नियन्त्रण नभएमा ठूलो क्षति हुनसक्ने स्थानीयहरुले बताएका छन् । बागमती लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुर बाराका प्रमुख राजकुुमार श्रीवास्तवले ब्रह्मपुरी, बसतपुर र तेजापाकड कटान क्षेत्रमा बाँस पाइलिङसहित नियन्त्रणको काम भइरहेको जानकारी दिएका छन् । गुुजरा नगरपालिका–३ सिम्रीगाँउको कटान निरीक्षण गर्न प्राविधिक टोली गईसकेकाले आजै भोलिमा नदी नियन्त्रणको काम पनि सुुरु हुने प्रमुख श्रीवास्तवले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण