लामो दूरीका यातायात छिटो खुलाउन माग
काठमाडौँ – छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ ।
छोटो दूरीका मात्र सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु झन् समस्यामा परेको महासङ्घको दाबी छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, “जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्नु अवैज्ञानिक भयो, जनतालाई दुःख भयो, काठमाडौँ आउनैपर्ने मान्छे जिल्ला जिल्लामा गाडी चेन्ज गरेर आएका छन् । त्यसो गर्दा कोरोना सङ्क्रमण सर्ने सम्भावना झन् बढ्छ । ”
बरु लामो दूरीका पनि खुला गरिदिए एउटै गाडीमा गन्तव्यमा पुग्दा कोरोना फैलने सम्भावना कम हुने उपाध्यक्ष स्वाँरको भनाइ छ । सरकारले तोकेको सुरक्षाको मापदण्ड अपनाएर गाडी चलाउँछौँ भन्दा पनि सरकारले रोकिरहेको महासङ्घको गुनासो छ । स्वाँर भन्छन्, “प्राइभेट गाडीले दोब्बर भाडा उठाएर यात्रु बोकिरहेका छन्, यात्रु ठगिएका मात्र छैनन् कोरोनाको उच्च जोखिम मोलिरहेका छन् । निजी गाडीले कोरोना नसार्ने सार्वजनिकले मात्र सार्ने जस्तो सरकारको व्यवहार भयो । ”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण