मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शम्भुको ‘एनी हौ आँखैमा झलझली’ अञ्जु

सोमबार, १२ साउन २०७७, ११ : २४
सोमबार, १२ साउन २०७७

काठमाडौँ । ‘चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें ...,’ जस्ता चर्चित गीतका गायक शम्भु राईको नयाँ गीत ‘एनी हौ आँखैमा झलझली’ सार्वजनिक भएको छ ।

पूर्वेली लोकगीतका बादशाहका रुपमा चिनिने शम्भुको यो गीतमा उनलाई गायनमा गायिका अञ्जु गौतमले साथ दिएकी छिन् । 

शब्द/संगीत पनि गायक शम्भुकै रहेको गीतको भिडियो समेत निर्माण भएको छ । जसमा अनिता गोले, उमेश राई (फुलन्देको आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिंहलगायतको अभिनय देख्न सकिन्छ । 

भिडियो अभि लामाले निर्देशन गरेका हुन् । युद्ध लामाको कोरियोग्राफी, सुर्य लामाको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप