अमेरिकाबाट सेनाका लागि नयाँ हतियार, पुरानो सशस्त्रलाई
नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने उल्लेख छ ।
०५७–५८ सालतिर माओवादीले नेपाल प्रहरीका थ्रिनटथ्रि राइफल लुट्न थालेपछि सेनाले १७ करोड लिएर आधुनिक राइफल दिने भनेको थियो तर सम्झौताअनुसार काम भएन । त्यसैको तोडमा भारतले दिएका इन्सास राइफल दिएर सशस्त्र प्रहरी बल गठन गरियो । यसकै हतियार पनि माओवादीले लुट्न छाडेनन् ।
अहिले पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेको र जुनसुकै बेला स्थिति बिग्रन सक्ने भन्दै आर्मीले आफूले चलाइसकेका हतियारसहित सशस्त्रलाई प्रशिक्षित गर्न लागेको हो । सीमामा समस्या भइराखेको बेला सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई प्रशिक्षित र हतियार सम्पन्न गराउन तत्काल यसरी नै गर्जो चलाउनुको विकल्प नरहेको रक्षा मन्त्रालयस्थित स्रोतले बतायो । पुराना र प्रयोगमा आइसकेका हतियार मर्मत गरेर मध्य भदौबाट दिने प्रक्रिया शुरु भएको छ ।
सेनाले आफ्नालागि भने अमेरिकाबाट नयाँ हतियार ल्याउने तयारी थालेको छ । सेनासँग हाल १८ हजार बढी इन्सास राइफल छ । र, ०७४ सालदेखि नै नयाँ हतियार किनेको छैन । सेनाले चार वर्षदेखि नयाँ दरबन्दी पनि थपेको छैन । ९७ हजारको सीमाभित्र रिक्त पदमा मात्रै भर्ना लिने गरेको छ ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण