केजीएफ टुः खतरनाक छ अधिराको रुपमा सञ्जय दत्तको लुक
पछिल्ला केही समयदेखि प्रशंसकले केजीएफ सिरिजको दोस्रो फिलम केजीएफ टुको प्रतिक्षा गरिरहेका छन् । यो फिल्मको पहिलो लुक पहिले नै सार्वजनिक गरिएको छ । अब सञ्जय दिनको जन्मदिनमा उनको क्यारेक्टरलाई एउटा पोस्टर रिलिज गरिएको छ । सञ्जय दत्त फिल्ममा अधिरा नामको नेगेटिभ भूमिका निभाइरहेका छन् र उनको लुक खतरनाक छ ।
यो फिल्ममा सञ्जय दत्त कवच लगाइरहेको देखिएका छन् र टाउकोमा ट्याटुले उनलाई खतरनाक देखाउन सहयोग गरेको छ । पोस्टरमा सञ्जयको हातमा एउटा तरबार पनि देखिएको छ । पोस्टरलाई फिल्मका निर्देशक प्रशान्त नीलले सेयर गरेका हुन् । साथै, फिल्ममा सहभागी भएका कारण सञ्जय दत्तलाई धन्यवाद दिएका छन् । उनले आफ्नो पोस्टमा चाँडै नै यो फिल्मको सुटिङको अर्को शेड्युललाई चाँडै नै सुरु हुने आशा पनि जताएका छन् ।
‘ADHEERA’ - Inspired by the brutal ways of the vikings⚔🔥
— Prashanth Neel (@prashanth_neel) July 29, 2020
Happy Birthday @duttsanjay baba, thank you for being a part of #KGFCHAPTER2. Looking forward to our craziest schedule soon. #AdheeraFirstLook@VKiragandur @TheNameIsYash @SrinidhiShetty7 @bhuvangowda84 @BasrurRavi pic.twitter.com/99eZIivhii
स्मरण रहोस्, यसअघि केजीएफ २ मा आफ्नो अधिराको भूमिकाबारे कुरा गर्दै सञ्जय दत्तले उनको यो भूमिका अभेन्जर्सको थानोसजस्तो खतरनाक भएको बताएका थिए । केजीएफको दोस्रो भागमा मुख्य भूमिकामा पनि साउथका सुपरस्टार यश हुनेछन् । यसबाहेक यो फिल्ममा रबिना टन्डनको पनि महत्वपूर्ण भूमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण