आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सोनू सूदलाई जन्मदिनमा सम्मानित गर्न इजराइलका प्रशंसकले गरे ‘सोनू सूद फिल्म महोत्सव’ को आयोजना

बिहीबार, १५ साउन २०७७, १३ : ५१
बिहीबार, १५ साउन २०७७

सोनू सूदलाई भारतमा वास्तविक हिरोको रुपमा हेरिन्छ । उनले कोरोनाभाइरसका कारण दुःख पाएका प्रवासी मजदुरको मद्दत गरेका छन्, उनीहरुलाई घर पुर्याउन बसको व्यवस्था गरेका छन्, उनीहरुलाई राशन पानीको व्यवस्था गरेका छन् । त्यसैले उनलाई धेरैले ‘गरिबको भगवान’ नामले सम्बोधन गरिरहेका छन् । हालै उनले इजराइलमा फसेका भारतीयलाई देश फिर्ता गर्न मद्दत गरेका छन् ।

हुन त सोनू सूद फिल्ममा भिलेनको भूमिका निभाउँछन् तर वास्तविक जीवनमा उनी हिरो प्रमाणित भएका छन् । सोनू सूदको जुलाई ३० अर्थात् आज जन्मदिन हो । यो मौकामा इजराइलमा भएका उनका प्रशंसकले ‘सोनू सूद फिल्म महोत्सव’ को आयोजना गरेका छन् । यो आयोजना अनुरुप इजराइलको एक प्रतिष्ठित च्यानलले दिनभरी सोनू सूदका हिट फिल्मलाई प्रिमियर गर्नेछ ।

सोनू सूदले ६ भाषामा ६० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । जब यो आयोजनाबारे सोनू सूदले थाहा पाए तब उनले आफ्नो खुसी व्यक्त गर्दै भने, ‘मेरो जन्मदिनलाई थप विशेष बनाउनका लागि इजराइलमा मेरा प्रशंसकले यो आयोजना गरिरहनुभएको छ भन्ने थाहा पाउँदा असाध्यै खुसी लागेको छ । म आफूलाई भाग्यमानी ठान्छु किनभने भारतमा मात्रै नभई भारत बाहिर पनि मैले मेरो प्रशंसकको असाध्यै माया पाएको छु ।’

View this post on Instagram

🌹

A post shared by Sonu Sood (@sonu_sood) on

फिल्मी करियरको कुरा गर्ने हो भने सोनू सूदले सिम्बा, ह्याप्पी न्यू इयर, दबंग, कुंग फू योगासहित थुप्रै ब्लकबस्टर फिल्ममा अभिनय गरेका छन् । अन्तर्राष्ट्रिय अभिनेता ज्याकी च्यानसँग पनि उनले कुंग फू योगामा महत्वपूर्ण भूमिका निभाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप