जलेश्वर नगरपालिकाको कार्यालय बन्द
बिहीबार, १५ साउन २०७७, १६ : ०१
महोत्तरी । प्रदेश नम्बर २ मा कोरोना भाइरसको बढ्दो त्रासका कारण महोत्तरीको जलेश्वर नगरपालिकामा अत्यावश्यक कार्य बाहेक सम्पूर्ण कार्यहरु बिहीबारदेखि बन्द गरिएको छ । जलेश्वर नगरपालिकाले एक सूचना जारी गरि बिहीबारदेखि कार्यालयका अत्यावश्यक काम बाहेक सम्पुर्ण कार्य सेवाहरु बन्द गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेक जलेश्वर नगरपालिकाले आफ्नो कार्यालय बन्द गरेको नगरप्रमुख रामाशंकर मिश्रले बताए । नगरपालिकाले संक्रमण फैलिन नदिनका लागि सतर्कताका साथ बस्न समेत नगरवासीलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन
-
विज्ञको रायले अदालतको फैसला प्रभावित हुनसक्छ, योग्यतामा लापरबाही नगरौँ : सभापति शेरचन
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
-
विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण