दयाहाङ र निरन्जलीको रोमान्समा ‘बल्ल–बल्ल भेट भो’
आइतबार, १८ साउन २०७७, ११ : १३
काठमाडौँ । अभिनेता दयाहाङ राई फिल्म अभिनयमा निकै व्यस्त रहेपनि कोरोनाको कहरका कारण लकडाउन भएपछि उनी फुर्सदिलो भए ।
अहिले लकडाउन खुलिसकेको अवस्था हो । तर, राज्यले फिल्म क्षेत्रको प्रतिबन्ध कायमै राखेको कारण गतिबिधि हुन सकिरहेको छैन । त्यसैले उनी फुर्सदिलो नै छन् ।
यो फुर्सदको समय दायहाङले म्यूजिक भिडियो अभिनय गरेर समेत बिताउन थालेका छन् । लकडाउन खुकुलोपछि खिचिएको दयाहाङ अभिनित एक म्यूजिक भिडियो ‘बल्ल–बल्ल भेट भो’ सार्वजनिक भएको छ ।
मिलन चाम्सको निर्देशन रहेको भिडियोमा दयाहाङले निरन्जली लामासँग कम्मर मर्काएका छन् । भिडियोमा क्षितिज सुवेदी समेत देखिएका छन् ।
दीपक शर्माको शब्द, संगीत रहेको यो गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो धुलिखेल आसपासका स्थानमा छायाँकन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण