नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित
काठमाडौं । बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ ।
समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्याँकन गरि उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो ।
सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण