अब उड्ने छैनन् चिनियाँ जहाज, छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’
काठमाडौँ – सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने निर्णय गरेसँगै नेपाली आकाशमा चिनियाँ जहाजको उडानमा अहिलेलाई पूर्णविराम लागेको हो ।
आन्तरिक उडानमा पनि निगमलाई प्रतिस्पर्धी बनाउने र विकट क्षेत्रमा नियमित उडान गर्ने उद्देश्यसाथ २०७१ वैशाखमा निगमले चीनमै निर्मित ५६ सिट क्षमताका दुईवटा एमए ६० र १७ सिट क्षमताका चारवटा वाई १२ जहाज ल्याएको थियो । यसमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज निगमको अनुदानमा र बाँकी चारवटा जहाज चीनकै एक्जिम बैङ्कसँग ऋण लिएर निगमले साढे चार अर्ब रुपियाँमा खरिद गरेको थियो ।
पहिलोपटक २०७१ वैशाखमा चिनियाँ जहाज भित्रिएदेखि नै बारम्बारको प्राविधिक समस्या र आर्थिक भारका कारण निगमले यसको नियमित उडान गराउन भने सकेको थिएन । पछिल्लोपटक निगमले यी जहाज सञ्चालनबाट वार्षिक ३० करोड रुपियाँ घाटा बेहोर्नुपरेको निष्कर्ष निकाल्दै अबदेखि सञ्चालनमा नल्याउने निर्णय गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण