सुनिता दुलालले ल्याइन् तीज गीत ‘बेसी मेलैमा’
मङ्गलबार, २० साउन २०७७, १२ : १४
काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै गायिका सुनिता दुलालले नयाँ गीत ‘बेसी मेलैमा’ सार्वजनिक गरेकी छन् । मायाप्रेम र समाजको चित्रण गरिएको गीतमा गायिका दुलाललाई स्वरमा खुमन अधिकारीले साथ दिएका छन् । गीतमा युवाहरुलाई मातृभूमिमै बसेर कुटो कोदालो गर्न समेत अभिप्रेरित गरिएको छ ।
युवा पलायन भएपछि देशको खेतीयोग्य जमिन बाँझो छ । यही जमिनमा केही गर्नुपर्छ भन्ने सोच गीतमा प्रस्तुत छ ।
नेत्र अर्यालको शब्द रहेको गीतमा कृष्ण वि.क. भान्जाको संगीत संयोजन छ ।
गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ ।
भिडियोमा गायक गायिका सुनिता र खुमन देखिएका छन् । ज्ञानेन्द्र शर्माको छायांकन, नविन निरौलाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी एवं निर्देशन शिव विकले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण