कोरोना संक्रमण समूह–समूहमा
काठमाडौं – कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो ।
पछिल्लो २४ घण्टायता थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सचेत र सतर्क रहन आग्रह गरेका छन् ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै कोरोना जोखिम बिस्तारै समुदायमा प्रवेश गरिसकेको बताए । उनले भने, ‘अन्तरजिल्लामा आवतजावत पूर्णतः बन्द गर्नुपर्छ । भारतबाट नेपाल आउन रोक लगाउनुपर्छ ।’
संक्रमणको उद्गम मानिएको चीनको वुहानबाट नेपाल फर्किएका चिकित्सक तथा अनुसन्धानकर्ता डा. रमेश आचार्यले संक्रमण समुदायबाट समूह समूहमा फैलिन सुरु गरिसकेको बताए । उनले भने, ‘समुदायबाट समूह समूहमा संक्रमण फैलिसकेको छ । समयमा नियन्त्रण गर्न नसकिए स्थिति अझै भयावह भई गम्भीर क्षति बेहोर्नुपर्ने हुन सक्छ ।’
जनस्वास्थ्य विज्ञहरूले हेलचेक््याइँ गरिए स्थिति अनियन्त्रित हुन सक्ने भन्दै सावधानी अपनाउनुको विकल्प नरहेको बताएका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमण अझै समूह समूहमा फैलिनसकेको बताएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण