शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद

शुक्रबार, ०१ साउन २०८३, १७ : ५१
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले विदेशबाट भन्सार छलेर ल्याइएको ३७ लाख मूल्य बराबरको मोबाइल, ल्यापटप र भेप बरामद गरेको छ ।
  • चेकजाँचका क्रममा भन्सार पास भएका सामानहरूमा मोबाइल, ल्यापटप, आइप्याड, भेप, भेपको फ्लेवर र भेपको क्याप लगायतका ग्याजेटहरू बरामद गरिएको हो ।
  • यसैगरी, कार्गोबाट विदेश लैजान लागिएको जडीबुटी भनेर पुष्टि नभएका माझिफल, हरौँ, कौडा, सिकारी लहरो, चुवाको फूल तथा ठुलो ओखती सहितका समानहरू पनि बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

काठमाडौँ । विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको ३७ लाख मूल्य बराबरको ग्याजेट र भेप प्रहरीले बरामद गरेको छ । असार ३० र ३२ गते भन्सार पास भएपछि चेकजाँच गर्दा भन्सार छलेर लैजान लागेको अवस्थामा प्रहरीले मोबाइल, ल्यापटप र भेप बरामद गरेको हो । 

मोबाइल, ल्यापटप, आइप्याड, भेप, भेपको फ्लेबर र भेपको क्याप सहित ३७ लाख मूल्य बराबरको सामान बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए । सो सामान भन्सार जाँच पासमा बसेका कर्मचारी र सशस्त्र प्रहरीको टोलीलाई झुक्याएर आरोपीहरूले बाहिर ल्याएको भेटेपछि प्रहरीले बरामद गरेको हो । 

त्यस्तै, कार्गोबाट विदेश लैजान लागेको जडीबुटी प्रहरीले बरामद गरेको छ । जडीबुटी भनेर पुष्टि नभएका माझिफल, हरौँ, कौडा, सिकारी लहरो, चुवाको फूल तथा ठुलो ओखती सहितका समान बरामद गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी सिलवालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप