आफ्नो पारिश्रमिक फिल्म कर्मचारीलाई दिने रोहितको निर्णय
बिहीबार, २२ साउन २०७७, १६ : ०६
मुम्बई । फिल्म निर्देशक रोहिट सेट्टीले फिल्म कर्मचारीलाई सहयोग गर्ने भएका छन् । कोरोनाको कारण गरिएको लकडाउनका समय कयौं पटक गरिबको सहयोगी बनेका रोहितले यो पटक भने जुनियर कलाकार, कोरस डान्सर, स्टन्डम्यान, लाइट म्यानलगायतका फिल्ममा काम गर्ने मजदुरहरुलाई सहयोग गर्ने भएका हुन् ।
रोहितले अहिले प्रसारमा भइरहेको चर्चित टिभी शो ‘खतरो के खिलाडी’ को विशेष संस्करणबाट मिलेको पारिश्रमिक फिल्म कर्मचारीलाई दिने निर्णय गरेका हुन् । सहयोग सिधै ब्यक्तिको खातामा जाने बताइएको छ ।
कोरोना भाइरस महामारीको सुरुका समय एफडब्युआईसिई र लकडाउनको समय घरमा रहेका फोटोग्राफरहरुको समेत सहयोगी बनेका रोहितले प्रहरी कर्मचारीको सहयोगका लागि १७ कोठाको समेत ब्यवस्था मिलाइदिएका थिए । सो स्थान ड्युटिपछि प्रहरी कर्मचारी बस्नका लागि सदुपयोग गर्दथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
-
तस्बिरमा हेर्नुहोस् नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण