एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग
शुक्रबार, २३ साउन २०७७, ०६ : २८
काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्ययन गर्ने विद्यालयमा फिर्ता गर्नुपर्ने माग सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले गरेको छ ।
विद्यार्थीको नतिजा प्रकाशन विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गरिने निर्णयपछि अब शुल्क फिर्ता गर्नुपर्ने आफूहरूको माग रहेको महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । विद्यार्थीसित सरकारले जम्मा छ सय रुपियाँ परीक्षा शुल्कबापत लिने गरेकोमा यसअघि नै एक सय रुपियाँ सम्बद्ध विद्यालयले राख्ने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण