भीमकला र टीकाको कौडा गीत ‘गोर्खा बजार’
काठमाडौं । विशेषगरि कौडा गीत गुरुङ समुदायको मौलिक गीत हो । पछिल्लो समय निकै मौलिक कौडा गीत बजारमा आउन थालेका छन् । यस्तैमा कोरोना कहरलाई पनि छिचल्दै गुरुङ कलाकारहरुले मौलिक कौडा गीत ‘गोरखा बजार’ ल्याएका छन् ।
भीमकला गुरुङ, टीका गुरुङ, बीबी गुरुङ (बलबहादुर), बीरबहादुर गुरुङ, राजकुमार गुरुङ र कृष्ण गुरुङको स्वर रहेको गीतमा भीमकला गुरुङ र कृष्ण गुरुङको संगीत रहेको छ । गीतको शब्द टीका गुरुङ आफैले कोरेकी हुन् । जसलाई जुजु गुरुङले संगीत संयोजन गरेका छन् ।
गीतको म्युजिक भिडियोमा दीप कोके गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको छ । पश्चिमाञ्चल साँस्कृतिक केन्द्रका कलाकारहरुको अभिनय रहेको भिडियोमा मधुर बस्नेत र विजय लामाको छायाँकन छ । गीतमा रोधी बस्ने प्रचलनसँगै माया साट्ने कुरा बुनिएको छ । जसमा माया साँटै गर्दा गोरखा र लमजुङ जिल्ला बीचको सम्बन्धलाई समेत जोड्न खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण