बाग्मतीको सफाइ चुनौतीपूर्ण बन्दै, ‘मोटरसाइकलमा आउँछन् फोहोर फालेर फर्कन्छन्’
काठमाडौँ – बाग्मती नदी सफाइ निरन्तर चले पनि फोहोर फाल्ने क्रम पनि बढ्न थालेको छ । वर्षाको भेलमा फोहोरका पोका हुत्याउनेले नदी फोहोर गर्नेक्रम बढेको छ ।
फोहोर फाल्ने मोटरसाइकल चढेरै अरूको आँखा छलेर नदीमा फोहोर फाल्ने गर्छन् ।
बाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर योगेन्द्र चित्रकार सफाइ निरन्तर भइरहे पनि फोहोर हुत्याउने कार्य यो अभियानका लागि अझै चुनौतीपूर्ण छ भन्नुहुन्छ । बाग्मती सफाइ अभियान ३७७औँ हप्ता पुगेको छ ।
इन्जिनियर चित्रकार भन्नुहुन्छ, फोहोर फाल्नेलाई कारबाही गर्ने अधिकार समितिलाई छैन । स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयले मात्र कारबाही गर्नसक्छ, यी निकायको सहयोग बिना फोहोर नदीमा हुत्याउनेलाई रोक्न सकिएको छैन ।
समितिकी कार्यकारिणी सदस्य माला खरेलका अनुसार, सुन्दरीजलदेखि टेकु दोभानसम्म अहिले पनि अभियन्ताले नदी सफाइ गरिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीको समयमाबाहेक बन्दाबन्दी खुला भएयता निरन्तर नदी सफाइ भइरहेको छ ।
ठूलो सङ्ख्यामा अभियन्ताको सहभागी भने अहिले छैन । काठमाडौँ महानगरपालिका ७ का सदस्य कृष्णमणि भट्टराई नदीमा फोहोर फाल्नेलाई कारबाही गर्न स्थानीयले सहयोग गर्नुपर्ने बताउँछन् । बिहानपख मोटरसाइकलमा झुन्ड्याएर नदीमा फोहोर हुत्याउने निकै रहेको गुनासो वडा कार्यालयमा आएको भट्टराई बताउँछन् । बागबजारको टुकुचा, त्रिपुरेश्वरको टुकुचा निकास, रुद्रमतीको चाबहिल क्षेत्र, रातोपुुल क्षेत्रमा फोहोर नदीमा खसाल्ने प्रवृत्ति छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण