गोंगबु विभत्स हत्याकाण्ड : घटना भएको घर फेला परेसँगै प्रहरीले गर्यो सिल (तस्बिरसहित)
काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटना भएको घर फेला पारेको छ । घटनास्थल मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटनास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए । उनका अनुसार आइतबार बिहान टाउको र खुट्टा बिनैको शव सुटकेशमा भेटिएको स्थानभन्दा करिब ५० मिटरको दूरीमा घटनास्थल रहेको छ । मृतकका मामाले शवको सनाखत गरेसँगै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको थियो ।
यसअघि घटना भएको २४ घण्टासम्म प्रहरीले शवको शनाखत गर्न नसकेपछि समस्या भएको थियो । शवको सनाखतकै लागि प्रहरीले उनको फोटोसमेत सार्वजनिक गरेको थियो ।
मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । उनको यस्तो विभत्स ढंगले हत्या कसले र किन गर्यो भन्नेबारे अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले छिट्टै सत्यतथ्य बाहिर ल्याउने बताएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएपनि औपचारिक पुष्टि हुन सकेको छैन ।
आइतबार बिहान ६ बजेतिर गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।







फोटोः सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

