मालपोत स्थानीय तहमा गएपछि सङ्घीयता कार्यान्वयन सहज
काठमाडौँ – जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण हुन थालेपछि सङ्घीयता कार्यान्वयनले थप गति लिएको छ ।
सोमबार कलङ्की मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा नागार्जुन नगरपालिकामा हस्तान्तरण गर्दै भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले जग्गा प्रशासन स्थानीय तहमा हस्तान्तरण हुनुले सङ्घीयता कार्यान्वयन प्रारम्भ भएको बताए ।
उनले भने, “मालपोत ऐन संशोधन क्रममा रहेको र उक्त ऐन संशोधन गरी प्रमुख मालपोत अधिकृतले गर्ने काम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको व्यक्तिले गर्ने गरी संशोधन भएपछि मालपोतको अधिकांश काम स्थानीय तहबाटै हुन्छ । ”
मालपोत कार्यालय कलङ्कीले आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौँको नागार्जुन, दक्षिणकाली नगरपालिकामा जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गरिसकेको छ ।
कार्यालयले यसअघि नै मालपोतको सेवा स्थानीय तहमा हस्तान्तरण गर्नुपूर्व नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि र काठमाडौँ महानगरको वडा १३, १४ र १५ का तीन÷तीन जना कर्मचारीलाई जग्गा प्रशासन र भूसेवासम्बन्धी तालिम प्रदान गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण