निगमकै ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल बन्दै
नेपालगञ्ज – नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प नेपालगञ्जमा निर्माण गरिने भएको हो ।
नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका प्रमुख नवविनोद पोख्रेलले पश्चिम नेपालकै नमुनाका रूपमा निगमको आफ्नै ११ कठ्ठा जग्गामा आधुनिक पम्प निर्माण गर्न लागिएको बताए । उनले सो अत्याधुनिक पेट्रोल पम्पमा तेल भर्नका लागि अत्याधुनिक डिस्पेन्सिङ जडान हुने र सवारी चालकले सवारी साधनमा इन्धन भर्ने क्रममा सवारी धनीलाई जालझेल गरेर ठग्न नपाउने बताए ।
प्रमुख पोख्रेलका अनुसार सवारी धनीको मोबाइल नम्बरमा सवारी साधनको नम्बरसहितको सन्देश इन्धन भर्नेबित्तिकै सवारी धनीको मोबाइलमा पुग्ने हुँदा चालकले सवारी धनीलाई जालझेल र ठगी गर्न पाउने छैनन् ।
अत्याधुनिक पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कसप, कफीसप र अत्याधुनिक शौचालय निर्माण गरिने छ । पेट्रोल पम्पभित्रका बन्ने भवन तथा संरचनामा अत्याधुनिक एसी जडान गरी वातानुकूलित बनाइने पनि डिपो कार्यालय नेपालगञ्जले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण