‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ रिलिज लगतै विवादमा
मुम्बई । अभिनेत्री जाह्नवी कपुर अभिनित फिल्म ‘गुन्जन सक्सेना: द कारगिल गर्ल’ रिलिज लगतै विवादमा परेको छ । फिल्ममा वायुसेनालाई गलत तरिकाले देखाइएको भन्दै भारतीय वायु सेनाले आपत्ति प्रकट गर्दै फिल्मका विरुद्ध कारवाहीको माग गरेको छ ।
भारतीय वायुसेनाले सेन्सर बोर्डलाई एकपत्र लेख्दै फिल्ममा रहेका केही दृश्य सम्पादनको माग समेत गरेको छ । १२ अगस्ट अर्थात बुधबार ओटीटी प्लेटफर्मबाट रिलिज फिल्म भारतीय वायुसेनाको लडाकु पाइलट गुन्जन सक्सेनाको जीवनमा आधारित रहेर निर्माण भएको हो । फिल्ममा जाह्नवी कपुरले गुन्जनको भूमिका निर्वाह गरेकी छन् ।
पहिले यो फिल्म मार्चबाट चलचित्र घरमा रिलिज हुने र बताइएको थियो । तकोरोनाको कारण फिल्म रिलिज डेट परिवर्तन भएर डिजिटल प्लेटफर्म मार्फत रिलिज भएको हो । जाह्नवी कपूरका साथै पंकज त्रिपाठी, अंगद बेदी, विनीत कुमार सिंह लगायतका कलाकाको अभिनय रहेको फिल्म शरण शर्माले निर्देशन गरेका हुन् । गुन्जनले भारत र पाकिस्तान बिच १९९९ भएको कारगिल युद्धमा आफ्नो बहादुरी देखाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
-
सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
-
चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण