पहिरो पीडितलाई तत्काल उचित बासको प्रबन्ध मिलाउन र क्षतिपूर्ति दिलाउन देउवाको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिन्धुपाल्चोक र कालिकोटमा पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।
देउवाले शुक्रबार ट्वीटरमार्फत सिन्धुपाल्चोक र कालिकोटका पहिरो प्रभावित उचित बासको प्रवन्ध मिलाउन माग गरेका हुन् । पहिरोबाट प्रभावित परिवारलाई आवश्यक क्षतिपूर्ति दिन पनि सरकारसँग देउवाको आग्रह छ । ‘सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको जतिसक्दो चाडो उद्धार गर्न म सरकारसँग माग गर्दछु । साथै पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रवन्ध मिलाउन पनि अनुरोध गर्दछु’ देउवाले ट्वीटमा लेखेका छन् ।
देउवाले पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् । देउवाले लेखेका छन्, ‘पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित बासको प्रवन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि म सरकारसँग माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप उत्सवका क्रममा मेक्सिको सिटीमा ३ जनाको मृत्यु
-
एमाले पुनर्गठनबारे ४ थरी मत : प्रतिवेदनमा सहमति जुटाउन सकस
-
शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
-
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
-
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
-
१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण