अक्षयले दिए बाढी पीडितलाई एक करोड
शुक्रबार, ३० साउन २०७७, १८ : २२
मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले बिहार र असमका बाढी पीडितका लागि एक करोड (भारतीय रुपैया) सहयोग दिने भएका छन् । उनले सहयोग गर्ने भएपछि बिहार र असम राज्यका मुख्यमन्त्रीहरुले आभार समेत प्रकट गरेका छन् । अक्षयका फ्यानले समेत उनको यो कदमलाई प्रशंसनीय भनेका छन् ।
अक्षय पछिल्लो समय फिल्म ‘बेल बटम’ को सुटिङका लागि स्कटल्याण्डमा छन् । उनले दुबै राज्यका मुख्यमन्त्रीसँग सुटिङबाट फर्किएपछि रकम पीएम राहत कोषमा दिने बताएका छन् । आपतविपतमा परेकाहरुका लागि अक्षयको यो पहिलो सहयोग भने होइन । देशमा संकट परेको समय अक्षय हमेसा मद्दतका लागि अगाडी देखिँदै आएका छन् ।
संसारभर आतंक मच्चाएको कोरोना भाइरस बिरुद्धको लडाइमा पनि अक्षयले देशलाई कयौंपटक सहयोग गरिसकेका छन् । यसका लागि उनले पीएम कोषमा २५ करोड समेत दान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचना बेच्ने राष्ट्रघातीलाई कारबाही नगरे रविलाई नै प्रधानमन्त्रीले कारबाही गर्नुपर्छ : मैनाली
-
कर्णाली प्रदेशमा हाप्किडो राष्ट्रिय प्रतियोगिता
-
जर्मनीमा काठमाडौँ किकर्स च्याम्पियन
-
कर्णालीको नयाँ बजेटबारे निजी क्षेत्रको अपेक्षा के छ ?
-
कोशीका चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान
-
भन्सार छलीका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा