अक्षयले दिए बाढी पीडितलाई एक करोड
शुक्रबार, ३० साउन २०७७, १८ : २२
मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले बिहार र असमका बाढी पीडितका लागि एक करोड (भारतीय रुपैया) सहयोग दिने भएका छन् । उनले सहयोग गर्ने भएपछि बिहार र असम राज्यका मुख्यमन्त्रीहरुले आभार समेत प्रकट गरेका छन् । अक्षयका फ्यानले समेत उनको यो कदमलाई प्रशंसनीय भनेका छन् ।
अक्षय पछिल्लो समय फिल्म ‘बेल बटम’ को सुटिङका लागि स्कटल्याण्डमा छन् । उनले दुबै राज्यका मुख्यमन्त्रीसँग सुटिङबाट फर्किएपछि रकम पीएम राहत कोषमा दिने बताएका छन् । आपतविपतमा परेकाहरुका लागि अक्षयको यो पहिलो सहयोग भने होइन । देशमा संकट परेको समय अक्षय हमेसा मद्दतका लागि अगाडी देखिँदै आएका छन् ।
संसारभर आतंक मच्चाएको कोरोना भाइरस बिरुद्धको लडाइमा पनि अक्षयले देशलाई कयौंपटक सहयोग गरिसकेका छन् । यसका लागि उनले पीएम कोषमा २५ करोड समेत दान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
-
सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
-
चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण