शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भए सञ्जय दत्तः भने, ‘मेरो लागि प्रार्थना गरिदिनुहोस्’

बुधबार, ०३ भदौ २०७७, ०६ : ५७
बुधबार, ०३ भदौ २०७७

फोक्साको क्यान्सरसँग जुधिरहेको बलिउड नायक सञ्जय दत्त उपचारका लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएकी छिन् । यसअघि सञ्जय दत्त विदेशमा आफ्नो उपचार गराउने बताइएको थियो ,

सञ्जय दत्त आफ्नी श्रीमती मान्यता दत्तसँग अस्पताल जानका लागि बेलुका करिब ६ बजे घरबाट निस्किए । यतिबेला उनीसँग बहिनी नम्रता दत्त, प्रिया दत्त, प्रिया दत्तका श्रीमान् ओवन पनि देखिए । यतिबेला उनको घरमा जम्मा भएका फोटोग्राफरलाई सञ्जय दत्तले भने, ‘मेरा लागि प्रार्थना गरिदिनुहोस् ।’

जानकारीका अनुसार यसअघि सञ्जय दत्तले मुम्बईका दुई ठूला अस्पताल लीलावती र कोकिलाबेनसँग सम्पर्क गरेका थिए । उनले लिलावती अस्पतालमा केही परीक्षण पनि गराए । स्रोतका अनुसार सञ्जय दत्तले लीलावती अस्पतालमा किमोथेरापीअघि गर्नुपर्ने परीक्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप