आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा शुक्रबार २ सय ६८ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

शुक्रबार, ०५ भदौ २०७७, २० : ०६
शुक्रबार, ०५ भदौ २०७७

जनकपुर । प्रदेश नम्बर २ मा शुक्रबार २ सय ६८ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या प्रदेश नम्बर २ मा ८ हजार ३ सय ३१ जना पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उप–उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

सबैभन्दा बढी पर्सामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सर्लाहीमा ५०, बारामा ३९, धनुषामा २९, सिरहामा २१, सप्तरीमा १९, महोत्तरीमा १७ र रौतहटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै पर्साको वीरगन्ज महानगरपालिकामा ३६ जना, बहुदरमाई नगरपालिका डौकैला बहुअरीमा १, वीरगन्जको आदर्शनगरमा १४, वीरगन्ज १६ भन्सारमा ५, रानीघाटमा ४, श्रीपुरमा २, गहवामा २, जिल्ला प्रहरी कार्यालय पर्सामा १, चैनपुरमा १, पोखरिया नगरपालिकामा १, नेसनल मेडिकल कलेजमा ४, नारायणी अस्पतालको क्वार्टरमा २, जिल्ला स्वास्थ्य कार्यालय वीरगन्जमा २, ग्लोबल बैँकमा २, शंकर सरैयामा १, सूरजहाँमा १, लाल पर्सा एचपीमा १ र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय निर्देशानालय प्रदेश नम्बर २ ले जनाएको छ ।

त्यसैगरी सर्लाहीको हरिवन नगरपालिकामा २४, रामनगर गाउँपालिका वडा नम्बर १ हाल जीतपुर सिमराका १, ईश्वरपुर नगरपालिका ४, भगवतीपुलमा  २, चन्द्रगर गाउँपालिकामा १५, लालबन्दी नगरपालिकामा १, बेल्हीमा १, मलंगवा नगरपालिकामा १ र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा ३ जना, विश्रामपुर गाउँपालिकामा २, जीतपुर सिमरा उपमहानगरपालिकामा १, जीतपुर सिमरा क्वारेन्टिनमा ३१, महागढीमाई बरियारपुरमा १ र बरैनामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै धनुषाको जनकपुरधाम उपमहानगरमा १७, मालपोत कार्यालयमा १, सतोखरमा १, रेडक्रस सोसाइटीका १, नेपाल बैंक लिमिटेडका १, इलाका प्रहरी कार्यालयका १, विदेह नगरपालिका मुडिवा, बन्दिपुर, सबैला नगरपालिका, औरही, एकहरिया, नगराईन र रुपैठाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिरहाको गोलबजार नगरपालिकामा २, भगवानपुर गाउँपालिकामा ४, भगवानपुरकै नेपाल प्रहरी पोष्टका १, प्रहरी कार्यालय मिर्चैयाका ४, मिर्चैया नगरपालिकाका १, मिर्चैया क्वारेन्टिनका ४, धनगढीमाई नगरपालिकाका ४ र औरही गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यसैगरी सप्तरीको राजविराज नगरपालिकामा ३, बोदे बसाईन नगरपालिकामा १ र तिलाठी कोइलाडी गाउँपालिकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै महोत्तरीको बलवा नगरपालिकामा १, जलेश्वर नगरपालिकामा २, औरही नगरपालिकामा २, लक्ष्मीनियाँमा २, उद्योग वाणिज्यसंघ मठियानीमा ७, गौशालामा २ र किसाननगरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रौतहटको फतुवा विजयपुर नगरपालिकामा १, कटहरिया नगरपालिकामा ५, देवाही गोनाही नगरपालिकामा ५ र चपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ५ जनाको मृत्यु भएको छ ।

पर्साको वीरगन्जमा ४८ वर्षीय र ७४ वर्षीय गरी २ जना पुरुष, बाराको कलैयामा ५९ वर्षीय पुरुष, धनुषाको नगराईन नगरपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीय र सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ९ बस्ने ४० वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप