रौतहटमा आगामी १४ गतेसम्म निषेधाज्ञा
रौतहट । रौतहट जिल्ला भरमा लागूहुने गरि आगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ को संक्रमिकतहरुको संख्या दिनानुदिन बढदै गइरहेकोले शनिबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार गत १ गतेबाट थप गरिएको निषेधाज्ञालाई १४ गते आइतबार राति १२ः०० बजे सम्मलाई निरन्तरता दिएको छ ।
साथै थप गरिएको निषेधाज्ञाको अवधिमा आम नागरिकहरुलाई अत्यावश्यक उपभोग्य खाद्यान्न सामग्रीको आपुर्तिलाई सहज बनाउन खद्यान्न पसलहरु र निर्माण सामग्रीका पसलहरु प्रत्येक दिन विहान ७ः०० बजेदेखि विहान ११ः०० बजेसम्म शर्तहरुको पूर्ण परिपालना गरी–गराई अत्यावश्यक उपभोग्य खाद्यान्न पसलहरु र निर्माण सामग्रीका पसलहरु खोल्न दिइने रौतहटका सिडियो ईन्द्रदेव यादवले जानकारी दिएका छन् ।
विक्रेता तथा उपभोक्ताहरुले स्यानिटाईजर, मास्क तथा पन्जाको अनिवार्य प्रयोग गर्ने, मास्क नलागई आउने उपभोक्ताहरुलाई खाद्य वस्तु बिक्री वितरण नगर्ने, अनिवार्य रुपमा भौतिक दुरी कायम गरी मात्र बिक्री वितरण गर्ने निर्णय गरिएको छ । त्यसैगरी बैङ्क तथा वित्तीय संस्थाहरु प्रत्येक दिन विहान ७ बजे देखि ११ बजेसम्म र भौतिक निर्माणका कार्यहरु नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरि गराई संचालन गर्ने, निर्माण सामग्री ढुवानी तथा खद्यान्न सामग्री ढुवानीको सवारी साधनहरुलाई नेपाल सरकारद्वारा जारी सवै स्वास्थ्य स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गरि गराई संचालन गर्ने, बैंक तथा वित्तिय संस्थाहरुको सेवा लिन तथा खाद्यान्न सामग्रीहरु खरिद गर्ने जाँदा आउँदा उपभोक्ताले सवारी साधन प्रयोग गर्न पाइने छैन ।
नियम अनुसारको स्वस्थ्य सुरक्षासम्बन्धी मापदण्डको उल्लंघन गर्ने र गराउने वा कार्यान्वयनमा अवरोध गर्ने र गराउने उपर संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारवाही गरिने रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण