वामदेवमाथि फेरि आइलाग्यो बिजोग
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र तत्कालीन एमालेसँग एकता गराउने क्रममा वामदेव गौतमको योगदानलाई कम आँक्न हुँदैन र मिल्दैन पनि । उनी त्यो बेलासमेत जनयुद्धको जन्मभूमि रोल्पा पनि पुगेकै हुन् । विभिन्न समय, विभिन्न ठाउँमा भएका वार्तामा सहभागी भएकै हुन् । एक्लो प्रयासमा शान्ति प्रक्रियाको अभियान नै छेडे । तर, दुई वर्षअघि एमाओवादीसँग नेकपा एमालेको एकता हुँदैछ भन्ने भेउ तिनै गौतमलाई दिइएन ।
आफूलाई विभिन्न आरोप लागेको बखत पनि गौतमले मिहिनेत गर्न छाडेनन् । माओवादीलाई नजिक ल्याउन खोजेबापत माओवादीकै पिछलग्गु बनेको आरोप लगाइयो । उनै गौतमले कहिले माओवादीलाई ठेगान लगाउन आतंककारी विधेयकको समेत नेतृत्व गरेका थिए । पछि फेरि त्यहि माओवादीसँग मिल्नुपर्छ भन्दै पार्टीभित्र चर्को लबिङ्ग गर्न पुगे ।
गौतमका ती गतिविधिमाथि प्रहार गर्ने समय ढुकेर बसेका एकथरिले माओवादीको पिछलग्गु र परस्त भनेर लामो समयसम्म खेदिरहे । तर,पार्टी एकता गर्दा तीनै एकथरि उनै गौतमलाई भाउ दिएनन् ।
२०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । आफूलाई अपमानित गरिएको भन्दै सोही वर्षको पुसमा आयोजित स्थायी कमिटी बैठकमा उनले पार्टी एकीकरण गर्नु नै गलत रहेको धारणा व्यक्त गरे । पार्टी एकीकरणको औचित्य नै नरहेको भन्दै फरक मत राख्ने ठाउँसम्म पुगे ।
अहिले फेरि गौतमकै जोडबलले राजनीतिक डिलमा पुगेको केपी शर्मा ओलीको सरकार अडिएको छ । दुईवटा पदमध्ये एउटा छाड्न लगाउने अभियान उत्कर्षमा पुगेको बखत एकाएक प्रचारमा ल्याइएको ‘छ बुँदे मिलन सूत्र’ भित्री रूपमा उनको थिएन । किनकि उक्त सूत्रमा प्रधानमन्त्री ओली पुनः दुईवटै पदमा कायम रहने विषय प्रमुख थियो ।
त्यसरी केपी ओलीलाई फेरि एकपटक अभयदान दिने नेतालाई पार्टीभित्रको थप विवाद मिलाउन भन्दै गठन गरिएको कार्यदलको बारेमा पनि अत्तोपत्तो नै दिइएन । यसरी पछिल्लो पटक कार्यदलको सम्बन्धमा समेत उनलाई अलपत्र पारियो र नराम्रोसँग ठगिए ।
गौतमको विशेषता नै अनावश्यक ढंगले हौसिने,मच्चिने र थच्चिने हो। त्यत्तिले नपुगेर आफूले विगतमा गरको े कुरोसमेत आफैँले थाहा नपाउने ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण