मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रियंकाको रोमान्टिक अवतारमा ‘कोरेको छु तिम्रो तस्वीर’

बुधबार, १० भदौ २०७७, ११ : ५३
बुधबार, १० भदौ २०७७

अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक म्युजिक भिडियो ‘कोरेको छु तिम्रो तस्वीर’ सार्वजनिक भएको छ । भिडियोमा प्रियंकाले गौतम खातीसँग नवरुपमा प्रस्तुत भएकी छन् ।

नव विवाही जोडीको सम्बन्ध प्रेममा कसरी सुमधुर बन्दै जान्छ भनेर देखाउन खोजेको भिडियो सुब्रतराज आचार्यले  निर्देशन गरेका हुन् ।

काठमाडांैको बूढानिलकण्ठ क्षेत्र आसपासमा छायाँकन भएको भिडियोमा उत्सव दाहालको छाँयाकन, बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियोको कोरियोग्राफी सुगम भुजेलले गरेका हुन् ।

नेपाल आइडलको सिजन वान मार्फत चर्चा कमाएका गायक प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा निरा खातीको शब्द र डिबि लामाको संगीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप