‘चिसो मान्छे’मा स्वस्तिमा
शुक्रबार, १२ भदौ २०७७, ११ : ४०
काठमाडौं – ‘बुलबुल’ अभिनेत्री स्वस्तिमा खड्काको अभिनय फिल्म ‘चिसो मान्छे’मा पनि रहने भएको छ । फिल्मका निर्देशक दीपेन्द्र के. खनाले ‘चिसो मान्छे’का लागि स्वस्तिमा अनुबन्धित गरेका हुन् ।
अहिले धमाधम कलाकार छनौट भइरहेको फिल्म नयाँ बर्ष अर्थात २०७८ को भदौ ११ गते रिलिज मिति फाइनल गरिएको छ ।
शर्मिला पाण्डे निर्माता रहेको फिल्म डिएस डिजिटल प्रालीको ब्यानरमा निर्माण हुन लागेको हो ।
अहिले बिषम परिस्थिति भएकोले फिल्मको कलाकार छनौट र प्रिप्रोडक्सनमा आफु लागि रहेको निर्देशक दीपेन्द्र के खनालले बताए । कोरोनाको कहर केही शान्त हुने बितिक्कै फिल्म छायाँकनमा जाने तयारी भइरहेको उनले खुलाए ।
लकडाउन अगाडि खनालको फिल्म ‘आमा’ प्रदर्शनमा आएको थियो । जसलाई दर्शक तथा समिक्षक दुबैले मन पराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण