आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘चिसो मान्छे’मा स्वस्तिमा

शुक्रबार, १२ भदौ २०७७, ११ : ४०
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं – ‘बुलबुल’ अभिनेत्री स्वस्तिमा खड्काको अभिनय फिल्म ‘चिसो मान्छे’मा पनि रहने भएको छ । फिल्मका निर्देशक दीपेन्द्र के. खनाले ‘चिसो मान्छे’का लागि स्वस्तिमा अनुबन्धित गरेका हुन् । 

अहिले धमाधम कलाकार छनौट भइरहेको फिल्म नयाँ बर्ष अर्थात २०७८ को भदौ ११ गते रिलिज मिति फाइनल गरिएको छ । 

शर्मिला पाण्डे निर्माता रहेको फिल्म डिएस डिजिटल प्रालीको ब्यानरमा निर्माण हुन लागेको हो । 

अहिले बिषम परिस्थिति भएकोले फिल्मको कलाकार छनौट र प्रिप्रोडक्सनमा आफु लागि रहेको निर्देशक दीपेन्द्र के खनालले बताए । कोरोनाको कहर केही शान्त हुने बितिक्कै फिल्म छायाँकनमा जाने तयारी भइरहेको उनले खुलाए ।

लकडाउन अगाडि खनालको फिल्म ‘आमा’ प्रदर्शनमा आएको थियो । जसलाई दर्शक तथा समिक्षक दुबैले मन पराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप