स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे कारबाही गर्न निर्देशन
काठमाडौँ – गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरू अहोरात्र खटिइरहेको अवस्थामा केही उच्छृङ्खल व्यक्ति तथा समूहबाट धम्की र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा नर्सविरुद्ध हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर÷डेराकोठा आवतजावतमा अवरोध सिर्जना गर्ने जस्ता क्रियाकलापविरुद्ध कानुनी कारबाही गरिने जनाए ।
त्यसका लागि टोल फ्रि नम्बर ११४९ वा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त फोन गर्न सकिने जनाइएको छ । उनले यस्तो सङ्कटका बेला ज्यानको बाजी लगाएर नागरिकको सेवामा समर्पित स्वास्थ्यकर्मीलाई सम्मान गर्न आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण