आइतबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आइतबार मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको र भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ ।
महाशाखाले जारी मौसम पूर्वानुमानमा हाल प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका का अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका अन्य भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का बर्षा भइरहेको जनाएको छ ।
यसैगरी, दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै, राति भने देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र प्रदेश १ को एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण