कोरोना सङ्क्रमणबाट बारामा थप १ जनाको मृत्यु
मङ्गलबार, १६ भदौ २०७७, १५ : ३३
बारा । कोरोना सङ्क्रमणबाट बारामा आज बिहान थप १ जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण