भक्तपुरको सुडालमा डुबेर एक युवकको मृत्यु
भक्तपुर । चाँगुनारायण नगरपालिकाको सुडालमा डुबेर एक जना पुरुषको मृृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ८ सुडालको बोजिनी ड्याममा पौडी खेल्ने क्रममा पाँचथर तुम्बेवा गाउँपालिका–४ घर भई सुडाल बस्ने वर्ष २५ को अमन लिम्बु भनिने योगेन्द्र लिम्बु सावाको मृत्यु भएको हो ।
लिम्बु पोखरीमा डुबेर बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ उद्दार टोली खटी उद्दार गर्न प्रयास गर्दा मौसमको प्रतिकूलताका कारण उद्दार गर्न नसकेको र आज (१६ गते) शव भेटिएको प्रहरीले जानकारी दिएको छ । पानीमुनी पसी तलास गर्दा लेदोमा गाडिएको अवस्थामा उनको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए ।
कानूनी प्रक्रिया पुरा गरी शवलाई पोष्टलमार्टमको लागी केएमसी अस्पताल दुवाकोट लगिएको छ । मृतक योगेन्द्रसँगै पौडी खेल्न अर्का प्रकाश लिम्बु गएकाले सोधपुछ गरी थप अनुसन्धान कार्य भइरहेको डीएसपी गिरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण