पोखरामा थप १ जना कोरोना संक्रमितको मृत्यु
मङ्गलबार, २३ भदौ २०७७, १८ : ५१
पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत बृद्धाको मंगलबार दिउँसो निधन भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।
पोखरा १० की ती मृतक बृद्धा बिरामी परेपछि मेडिप्लस अस्पतालमा उपचारको लागि पुगेकी थिइन् । उपचारको क्रममा कोरोना संक्रमणको आशंका भएपछि उनको स्वाब जाँचको लागि पठाइएको थियो । कोरोना पोजेटिभ आएपछि उनलाई सोमबार मात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि लगिएको थियो ।
कोरोना संक्रमणबाट गण्डकीमा हालसम्म २० जनाले ज्यान गुमाएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गुमाउने उनी नवौं महिला हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण