कंगनापछि अब मनिष मल्होत्रालाई महानगरपालिकाको नोटिस
बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा कथित रुपमा अनाधिकृत निर्माण हटाउनका लागि गरिएको कारवाही पश्चात् मुम्बई महानगरपालिकाले डिजाइनर मनिष मल्होत्रालाई नोटिस जारी गरेको छ ।
बीएमसीको नोटिसमा भनिएको छ, ‘मुम्बई महानगरपालिका कानून, १८८८ को सेक्सन ३५१(१) र चार अप्रिल, २०१३ को अधिसूचनाका अनुसार यो नोटिस जारी गरिएको छ कि मनिष मल्होत्राले अनुमति बिना आफ्नो आवसीय परिसरमा निर्माण कार्य गरेका छन् ।’
बीएमसीले मनिष मल्होत्रालाई उनको परिसरमा निर्माण गरिएको कार्यलाई किन नभत्काउने भन्दै स्पष्टिकरणका लागि माग गरेको छ ।
Mumbai's Brihanmumbai Municipal Corporation (BMC) issued a show-cause notice to fashion designer Manish Malhotra on September 7, for allegedly making "unauthorised alterations" at his office building. BMC has sought a reply from him within seven days
— ANI (@ANI) September 10, 2020
यो नोटिसको जवाफ दिनका लागि मनिषलाई सात दिनको समय पनि तोकिएको छ ।
बीएमसीको नोटिस अनुसार मनिष मल्होत्राले आफ्नो घरको पहिलो तल्लालाई आवासीयबाट व्यावसायिक अफिसको रुपमा प्रयोग गर्नका लागि कुनै अनुमति लिएका छैनन् । यसबाहेक उनीमाथि अनधिकृत निर्माण र पुरानो डिजाइन परिवर्तन गरेको पनि आरोप छ ।
यसअघि बुधबार बम्बई उच्च अदालतले कंगनाको अफिसमा बीएमसीको कारवाहीमाथि रोक लगाएको थियो । उच्च अदालतले बीएमसीको यो कारवाहीमा आफ्नो जवाफ दिनका लागि निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण