लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालको फिभर क्लिनिकमा रुपन्देहीका देवदह–६ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पताल मेडिकल विभाग प्रमुख डा.सुर्दशन थापाले रातोपाटीलाई बताए ।
उनलाई ज्वरो आएपछि शुक्रबार बिहान अस्पताल ल्याईएकोमा एक्सपर्ट एमरजेन्सी टेस्टबाट पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो । कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले क्लिनिकमै अक्सिजन थेरापी दिएर उपचार गराइरहेका उनको अहिले साँझ ५ बजे मृत्यु भएको हो ।
उनलाई दमको रोग समेत थियो। यसअघि आजै बिहान पनि बुटवलको कोरोना अस्पतालमा नवलपरासी सुस्ता–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । योसँगै लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ भने कोरोना बिशेष अस्पतालमा मृत्यु हुनेको संख्या ११ पुगेको डा.थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण