धादिङमा २७ सैनिकसहित ३१ जनामा कोरोना सङ्क्रमण
धादिङ । जिल्लामा आज ३१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्रिपुरासुन्दरी गाउँपलिकामा तीन र गल्छी गाउँपलिकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । गल्छीका २१ वर्षका तीन, २० वर्षका चार, ३० वर्षका तीन, ३५ वर्षका चार, १९ वर्षका दुई, ३४ वर्षका दुई, २७ वर्षका दुई, ३३ वर्षका दुई, ३६ वर्षका दुई, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीले जानकारी दिए ।
गल्छीका २८ जना कोरोना सङ्क्रमण भएकामध्ये बैरेनीमा रहेको श्री नं ६ बाहिनी अड्डा (सेनाको ब्यारेक) मा कार्यरत २७ र एकजना गल्छी–६ निवासी रहेको ज्ञवालीले बताए । सेनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ब्यारेकबाट बाहिर जान रोकिएको छ । यसअघि सो ब्यारेकका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक टे«सिङको आधारमा गरिएको परीक्षणमा धेरै जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी त्रिपुरासुन्दरी–२ का ४६ र ३६ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिए ।
त्रिपुरासुन्दरीबाट ४३ जनाको स्वाब कोरोना परीक्षणका लागि पठाइएकामा आठ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । आठमध्ये तीनजना नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको हो भने पाँचजना यसअघि नै कोरोना परीक्षण गर्दा पोजिटिभ आएका र १४ दिनपछि पुनः परीक्षणका लागि पठाउँदा पोजिटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।
त्रिपुरासुन्दरी गाउँपालिका तीनजना नयाँसहित २१ जना कोरोना सङ्क्रमित आइसोलेसनमा राखेर उपचार गरिरहेको गाउँपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएकाहरु कसैलाई पनि लक्षण नदेखिएको र सबैलाई आइसोलेसनमा राखिएको धादिङ स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण