खुमन र शान्ती श्रीको दशैँ गीतमा ‘मर्ने बाच्नेको’
काठमाडौं – दशैँ आउन एकमहिना बढी समय बाँकी रहेको छ । तर बजारमा दशैका लागि भनेर तयार गरिएको गीतसंगीत आउन थालिसकेका छन् ।
यस्तैमा लोकप्रिय गायक/गायिका खुमन अधिकारी र शान्ती श्री परियारको स्वर रहेको दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ ।
शिव दर्शन फिल्मस्ले गीत आकर्षक भिडियो सहित बाहिर ल्याएको हो । भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ ।
बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा कलाकार गायत्री थापाको निर्देशन रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ ।
बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिरले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा इजरायली आक्रमण : जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान
-
प्रतिनिधि सभा बैठकको समय आधा घण्टा सर्यो
-
नेसपा (नयाँ शक्ति)को केन्द्रीय समिति बैठक : के–के छन् एजेन्डा ?
-
भक्तपुरबाट लागु औषधसहित युवक पक्राउ
-
व्यावसायिक सुन्तला खेतीमा जुट्दै भोजपुर पालुवाका किसान
-
पर्दा पछाडिको उज्यालो : फिल्म हलमा युवा रोजगारी