खुमन र शान्ती श्रीको दशैँ गीतमा ‘मर्ने बाच्नेको’
काठमाडौं – दशैँ आउन एकमहिना बढी समय बाँकी रहेको छ । तर बजारमा दशैका लागि भनेर तयार गरिएको गीतसंगीत आउन थालिसकेका छन् ।
यस्तैमा लोकप्रिय गायक/गायिका खुमन अधिकारी र शान्ती श्री परियारको स्वर रहेको दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ ।
शिव दर्शन फिल्मस्ले गीत आकर्षक भिडियो सहित बाहिर ल्याएको हो । भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ ।
बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा कलाकार गायत्री थापाको निर्देशन रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ ।
बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिरले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण