राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
सारांश
- पूर्वसांसद डा. धवलशमशेर राणाले राप्रपाको देखाउने र चपाउने दाँत फरक रहेको बताएका छन्।
- उनले आगामी दिनमा राजासहितको प्रजातन्त्र बोक्ने मजबुत राष्ट्रवादी शक्ति निर्माण गर्न लागिरहेको बताए।
- राप्रपाले आफ्नो एजेन्डालाई तिरस्कृत गरेको र गएको चुनावमा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएकोले नयाँ पार्टी गठन गर्नुपरेको उनले बताए।
काठमाडौँ । राप्रपाबाट अलग्गिएर नयाँ पार्टी गठनको गृहकार्यमा लागेका पूर्वसांसद नेता डा.धवलशमशेर राणाले राप्रपाको देखाउने र चपाउने दाँत फरक फरक रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै राणाले आगामी दिनमा मजबुत राष्ट्रवादी शक्ति निर्माण गर्न लागिरहेको बताए ।
उनले नयाँ पार्टी २/३ महिनामै मजबुत पार्टीका रूपमा अघि बढ्ने भन्दै राजासहितको प्रजातन्त्र बोक्ने पार्टी अहिलेको राजनीतिमा विकल्प दिने पार्टी बन्ने बताए । ‘मजबुत राष्ट्रवादी शक्तिको खाँचोलाई परिपूर्ति गर्न राप्रपाले सकेन’, राणाले भने– ‘यो कुरा गएका निर्वाचनले प्रस्ट पारिसकेको छ ।’
राप्रपाले बोकेको मूल्य र मान्यता सनातनी हिन्दु अधिराज्यको एजेन्डा जनताले नभई राप्रपाले तिरस्कृत गरेको बताए । ‘हाम्रो एजेन्डा जनताले होइन, राप्रपाले तिरस्कृत गरेको हो’, उनले भने, ‘गणतन्त्रलाई प्रयोग गरेर हामीले बोकेको मान्यता स्थापित गर्ने भनिएको हो तर सभामुख खाएर एजेन्डाप्रति गद्दारी गरियो ।’
गणतन्त्रलाई नियमन र सबलीकरण गर्ने सभामुख जस्तो पद नै राप्रपाले खाइदिएपछि राप्रपाको खाने र देखाउने दाँत फरक फरक हो भनेर पुष्टि भएको उनले बताए । गएको चुनावमा राप्रपाका उम्मेदवारको ९७ प्रतिशत जमानत जफत गराइदिएबाटै राप्रपाप्रति जनताको दृष्टिकोण परिवर्तन भएकाले आफूहरूले अलग पार्टी गठन गर्नुपर्ने अवस्था आएको बताए ।
नयाँ पार्टीमा कुनै भेदभाव र पक्षपातपूर्ण व्यवहार नगरिने भन्दै कतिपयले दुर्गा प्रसाई सँगको सहकार्य र मिलान देश चलाउने र राजसंस्था स्थापित गर्दासम्म रहने राणाको दाबी छ । उनले पार्टी नाम, झन्डा र चुनाव चिह्न चाँडै सार्वजनिक गरिने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण